+

पीएसजीले १६औं पटक जित्यो फ्रेन्च कपको उपाधि

२०८१ जेठ  १३ गते ७:३२ २०८१ जेठ १३ गते ७:३२
पीएसजीले १६औं पटक जित्यो फ्रेन्च कपको उपाधि

१३ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ । गएराति भएको फाइएनलमा लियोनलाई २-१ ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो ।

पीएसजीले १५ औं पटक फ्रेन्च कप जितेको हो । पीएसजीका लागि उसमान डेम्बेले र फाबियन रुइजले गोल गरे । लियोनका लागि जेक ओ’ब्रेनले एक गोल फर्काएका थिए ।

केलिएन एमबाप्पेले पीएसजीमा आफ्नो करियरको अन्तिम खेलमा उपाधि जित्दै अन्त्य गरेका छन् । उनले यसअघि नै यस सिजनपछि पीएसजी छाड्ने घोषणा गरेका थिए । २५ वर्षीय एमबाप्पेले पीएसजीका लागि ३०८ खेलमा सर्वाधिक २५६ गोल गरेका थिए ।

उनी अर्को सिजन रियल मड्रिड जाने चर्चा छ ।

एमबाप्पेले सात वर्ष पेरिसमा बिताउँदा ६ फ्रेन्च लिग वानको उपाधि जितेको छन् । यस्तै चार फ्रेन्च कप र दुई लिग कपको पनि उपाधि जितेका छन् ।

पीएसजी पेरिस सेन्ट जर्मेन फ्रेन्च कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय