News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलको पहिलो हाफमा जर्मनीले ३-१ को अग्रता बनाएको छ ।
- विश्वकपमा डेब्यु गरिरहेको कुरासाओका लागि लिभानो कोमेनेन्सियाले २१औं मिनेटमा ऐतिहासिक गोल गरे ।
- जर्मनीका लागि फेलिक्स एनमेचा, निको स्लोटरबेक र काई हाभार्ट्जले पहिलो हाफमा एक-एक गोल गरे ।
३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीले हाफ टाइमसम्म ३-१ को अग्रता बनाएको छ ।
ह्युस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा जर्मनीका लागि फेलिक्स एनमेचा, निको स्लोटरबेक र काई हाभार्ट्जले एक-एक गोल गरे ।
एनमेचाले छैटौं मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जर्मनीलेसुरुवाती अग्रता लिएपछि कुरासाओमाथी लगातार दबाब बनाएको थियो । तर कुरासाओका लिभानो कोमेनेन्सियाले २१औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए । पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओले विश्वकपको डेब्यु खेलमै चार पटकको विश्व विजेता जर्मनी विरुद्ध ऐतिहासिक गोल गरेको हो ।
जर्मनीलाई फेरि अग्रता लिन लामो समय कुर्नुपरेन । सेन्टरब्याक निको स्लोटरबेकले ३८औं मिनेटमा गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाएका थिए । नाथनियल ब्राउनको कर्नरमा निकोले हेड मार्फत गोल गरेका हुन् ।
त्यसपछि हाभार्ट्जले पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमै ३-१ को अग्रता दिलाएका हुन् ।
प्रतिक्रिया 4