बलिउड दुनियाँ आफैमा रोचक छ । विभिन्न कारणले सेलिब्रेटीहरु चर्चामा आउने गर्दछन् । यहाँ हामीले केही यस्ता बलिउड सेलिब्रेटीको चर्चा गर्दैछौ, जसको उमेर आफ्नी श्रीमतीको भन्दा कम छ ।
यो जोडीको उमेर अन्तर ८ बर्षको छ । बलिउडमा शिरिषले श्रीमती फराहा खानको चलचित्र ‘मे हुँ ना’बाट सम्पादनमा हात हालेका थिए । उनले निर्देशन गरेको चलचित्र ‘जोकर’ पूर्ण रुपमा असफल भएको थियो । फराहा शिरष भन्दा ८ बर्ष जेठी छिन् ।
२. ऐश्वर्या राय र अभिषेक बच्चन
अभिषेक भन्दा उनकी पत्नी नायिका ऐश्वर्या राय २ बर्ष जेठी छिन् । सन् २००७ मा यो जोडीले विवाहा गरेको थियो । उनीहरुको हाल छोरी पनि छिन् । नायक सलमान खान र विवेक ओवरायसँग प्रेम सम्बन्ध टुटेपछि ऐश्वर्याले अभिषेकसँग बिहे गरेकी हुन् ।
बलिउडका चर्चित निर्देशक तथा कलाकार फरहान अक्तरकी श्रीमतीको नाम अधुना भवानी हो । दुई जोडीको उमेर अन्तर ६ बर्षको छ । आफू भन्दा ६ बर्ष जेठी अधुनासँग फरहानले बिहे गरेका थिए । अधुनाले ‘दिल चाहाता हे’का लागि कथा समेत लेखेकी थिइन् ।
४. अर्जुन रामपाल र मेहर जेशिका
आफू भन्दा २ बर्ष बढि उमेरकी पूर्व सुपर मोडल मेहर जेशिकासँग अर्जुनले बिहे गरेका हुन् । उनीहरुको बिहे भएको करिब १६ बर्ष भैसकेको छ । तर पनि अर्जुन आफ्नी श्रीमतीलाई खुबै माया गर्छन् ।
५. राज कुन्द्रा र शिल्पा सेट्टी
बलिउडकी सफल नायिका शिल्पा सेट्टीको उमेर उनका पति राज कुन्द्राको भन्दा ३ महिनाले बढि छ ।
प्रतिक्रिया 4