+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

रविले कमजोरी स्वीकार्नुको साटो ‘क्लिन चिट’ पाएको हल्ला चलाए : महासचिव पोख्रेल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते १०:१७

५ असोज, बुटवल । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको हल्ला गर्नु उचित नभएको बताएका छन ।

प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन ।

‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले,’ उनले भने, ‘सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ । सहकारीको सदस्य नरहेका व्यक्ति र कम्पनीलाई लगानी गर्न मिल्दैन, अनुचित तरिकाबाट लगानी भित्र्याएको पुष्टि भयो, विना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरा अनुचित हो, विना लगानी शेयर प्राप्त गर्ने कुरा अनुचित कार्य हो ।’

महासचिव पोख्रेलले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह कति सफल, कति असफल भन्नका लागि  उनले गरेका कामहरू हेर्नुपर्ने बताए । ‘देशभरका महानगरपालिका मध्ये सबैभन्दा कमजोर छ काठमाडौं, हेर्ने त त्यही होला नि !’ उनले तर्क गरे, ‘ राजधानी सबैको सुरक्षित स्थल हुन सकेन । गरिब, निमुखाको काठमाण्डौं हुन सकेन ।’

बालेनको चर्चाको आधार अराजकता भएको महासचिव पोख्रेलले अरोप लगाए । ‘अराजक विद्रोही चरित्रलाई आदर्श मान्ने प्रवृत्ति बढ्न थाल्यो । यो राम्रो संकेत होइन,’ उनले भने, ‘आफूलाई जे मन लाग्यो त्यही गर्ने कुरा राजनीति होइन ।’

लोकतन्त्रलाई कमजोर पार्ने गरी वर्तमान सत्ता समीकरणको बारेमा हल्ला फैलाउन खोजिएको टिप्पणी महासचिव पोख्रेलको छ ।

एमाले र कांग्रेस एक्लाएक्लै चुनाव लड्ने कुराले माओवादी अध्यक्ष प्रचण्डलाई छट्पटी भएको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?