१४ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका मध्यमाञ्चल सिंचाई बिकास डिभिजन नं. ५, भरतपुरका तीन ईन्जिनियर र एक लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
ईन्जिनियर मधुप्रसाद अधिकारी, रामभद्र पण्डित, चक्रपाणी लामिछाने र लेखा अधिकृत ऋषिभक्त तिमल्सिनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । आरोपपत्रमा ५ लाख २१ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) तथा दफा ३ (१) (क), (ग) र (घ) बमोजिम सजायको मागदाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4