आइतबार बेलुकी काठमाण्डौको जमल स्थित ‘राष्ट्रिय नाचघर’को माहोल एकाएक तात्यो । सयौ दर्शकको भिडमा पुरुष तथा महिला मोडलहरुले र्याम्प नाप्दा दर्शकले पनि फेशनको नयाँ स्वाद पाए ।

जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेको फेशन शोमा मोडलहरुले र्याम्प नापेका हुन् । मोडलहरुको पहिरनको डिजाइन निर्मात्री पूनम गौतमले गरेकी हुन् । ‘अझै पनि’ सिनेमा निर्माण गरेकी पूनमले लामो समयदेखि पहिरन डिजाइन समेत गर्दै आएकी छिन् ।
उनको डिजाइनमा महिला तथा पुरुष मोडलहरुको र्याम्प शो आकर्षक थियो । सिनेयात्री मासिक पत्रिकाले आयोजना गरेको ‘सिनेयात्री स्टार २०७१’मा फेशन शोसँगै विभिन्न आकर्षक प्रस्तुतीहरु समावेश गरिएको थियो । कार्यक्रममा मोडल पार्वती राइको आकर्षक नृत्यले धेरैको ध्यान खिच्यो ।

यस्तै, चर्चित गायकहरुले आफ्नो गीत मार्फत दर्शकलाई झुमाएका थिए । लोक गायिका ज्योती राइले लोक गीत मार्फत दर्शकलाई मनोरञ्जन दिइन् । विभिन्न कला केन्द्रका कलाकारहरुले नृत्य मार्फत मनोरञ्जन दिएका थिए । सिनेयात्री मासिकका प्रधान सम्पादक आर.डी.श्रृङखलाले हरेक बर्ष यो कार्यक्रमको आयोजना गर्दै आएको बताए ।


प्रतिक्रिया 4