+
+

सुनकोशी पीडितलाई सिटी एक्सप्रेसको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १४:४४

४ भदौ, काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सुनकोशी पीडित परिवारलाई आर्थिक एव भौतिक सहयोग गरेको छ । कम्पनीले पीडितहरुको अस्थायी City-Express-logo_Newपुर्नवास केन्द्र लामोसाँघु पुगेर पहिरो पीडितलाई सोमवार राहत वितरण गरेको हो ।

सिटीका उपप्रवन्धक माधव पन्थीले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीमार्फत पीडित परिवारलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद र एक लाख रुपैयाँ बरावरको एक सय थान ज्याकेट प्रदान गरे ।

पहिरो पीडितहरुलाई सहयोग गर्न भन्दै सिटी एक्सप्रेसका कर्मचारीले एक दिनको तलव संकलन गरेका थिए । कम्पनीले विभिन्न समयमा दैवि प्रकोप पीडितलाई आर्थिक एव जिन्सी सहयोग गर्दे आएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?