४ भदौ, काठमाडौं । एनआईसी एशिया बैंकले मंगलबार एकैसाथ ४ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको बालाजु, कपन, गोल्फुटार र लाजिम्पाटमा शाखा विस्तार गरेको हो ।
शाखाहरु बैंकका सञ्चालक गणेशमान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले संयुक्त रुपमा उद्घाटन गरे । यससँगै ६६ शाखा, ६१ एटीएम, कल सेन्टर तथा इन्टरनेट बैंकिङ्गका साथ एनआईसी एशिया मुलुकको सबैभन्दा ठूलो नेटवर्कहरुमध्ये एक भएको दाबी गरिएको छ ।
बजारमा देखिएको प्रतिस्पर्धात्मक परिस्थितिका बावजुद बैंकले गत आर्थिक वर्ष २०७०/७१ मा १ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । यस अवधिमा बैंकले ८१ करोड ५० लाख रुपैयाँ खुद नाफा गर्यो । बैंकको सञ्चालन मुनाफामा ३९ प्रतिशत र खुद मुनाफामा २७ प्रतिशत वृद्वि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4