+
+
Shares

चितवनको लक्ष्मी माविमा ई–लाईब्रेरी स्थापना गर्न आठ लाख रुपैयाँ संकलन

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ११ गते १०:१७

prabas

काठमाडौं । चितवनको लंकुमा रहेको लक्ष्मी माविमा विद्युतीय पुस्तकालय अर्थात ई–लाईब्रेरी स्थापनाका लागि आठ लाख रुपैयाँ सकंलन भएको छ ।
अहिले डेनमार्कमा रहेका गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषद युरोप क्षेत्र उप संयोजक सोमनाथ सापकोटाको सक्रियतामा विभिन्न देशमा रहेका लक्ष्मी मा. विद्यालयका भूतपूर्व विद्यार्थी  तथा शुबचिन्तक  बाट ८०६९७९ रुपैयाँ संकलन गरेका हुन् ।
विद्यालयमा ई लाईब्रेरी स्थापनाका लागि मंगलवार लक्ष्मी मावि,गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषद युरोप क्षेत्र उप संयोजक सोमनाथ सापकोटा र नेपाल लाईब्रेरी फाउण्डेशनबीच सम्झौता भएको छ । सम्झौतामा सोमनाथ सापकोटा ,लक्ष्मी माविका प्रधानाध्यापक नारायण चालिसे र नेपाल लाईब्रेरी फाउण्डेशनका अध्यक्ष गणेश शाहले हस्ताक्षर गर्नुभयो ।
ई लाईब्रेरी स्थापनाका लागि लाईब्रेरी फाउण्डेशनले तालिम र अरु प्राविधिक पाटोमा सहयोग गर्ने प्रधानाध्यापक नारायण चालिसेले  जानकारी जानकारी दिनुभयो
ई–लाईब्रेरी स्थापना गर्न ,डेनमार्कबाट सोमनाथ सापकोटाले ५१ हजार १ सय ११, फिनल्याण्डबाट कौशिला अर्यालले ५० हजार, अष्ट्रेलियाबाट केशव सापकोटा र जीवन सापकोटाले जनही ५० हजार, महेन्द्र कँडेल र राजन  कँडेलले बेलायतबाट ५० हजार, अमेरिकाबाट प्रकाश कँडेलले ४८ हजार ७ सय ४५ रुपैयाँ सहयोग गर्नुभएको छ ।
यस्तै अष्टेलियाबाट डिला खरेल, बेल्जियमबाट सीता सापकोटा, डेनमार्कबाट तिलकप्रसाद कँडेल, फिनल्याण्डबाट युवराज भण्डारी, नेदरल्याण्डबाट कृष्णराज अधिकारी, जापानबाट दामोदर सापकोटा र चितवन भरतपुरका टीकाराम खरेलले जनही २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।  बेलायतबाट लक्ष्मी कँडेलले ३० हजार, अमेरिकाबाट सरोज श्रेष्ठले २५ हजार, अष्ट्रेलियाबाट विजय र  विनय सापकोटाले २० हजार, प्रकाश खरेलले १० हजार, डेनमार्कबाट यशोदा लामिछाने सुबेदी ले १० हजार,देवी राम लामिछानेले ईटलीबाट ११ हजार १ सय ११, जापानबाट भोजराज र ईश्वरी कँडेलले ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । जापानबाट खगेन्द्र प्रसाद सापकोटाले ११ हजार १ सय ११,यसैगरी छविलाल सापकोटाले १६ हजार ६०, रामचन्द्र कँडेलले १५ हजार, अर्जुन सापकोटाले ७ हजार ५ सय, लक्ष्मण सापकोटाले ५ हजार,  शुस्मा अधिकारी पन्त. १०००० ,राम प्रसाद खरेल (बिसाल ) ९२०० भरतपुरका बासु सापकोटाले ११ हजार, नारायण प्रसाद सापकोटाले ५ हजार, रघुनाथ सापकोटाले ५ हजार १ सय,  डेनमार्कबाट मनोज सापकोटाले १० हजार, सागर खरेलले अष्ट्रेलियाबाट १० हजार सहयोग गर्नुभएको छ ।
त्यस्तै पुस्तकालयका लागि फिनल्याण्डबाट ल्क्ष्मी अर्यालले ११ हजार १ सय ५१, अष्ट्रेलियाबाट दीपकराज सापकोटाले १० हजार, बेल्जियमबाट सीता सापकोटा, नारायण कँडेल, र दीपक अर्यालले जनही १९ हजार २ सय,पूर्ण सापकोटाले ६ हजार ४ सय र राधिका तिवारीले १२ हजार आठ सय रुपैयाँ सहयोग गरेको ई–लाईब्रेरीका लागि अभियान चलाईरहेका गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषद युरोप क्षेत्र उप संयोजक सोमनाथ सापकोटा ले जानकारी दिनुभयो ।३० दिन सम्म मा ६६५००० रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा १० दिनमै लक्ष्य भन्दा धेरै पैसा उठेको   जानकारी दिनु भयो। डेनमार्कमा रहेका सापकोटाले यसअघि आफ्नै सक्रियतामा आफुले   पढेको बाग्लुङ काँडबासको जनजागृति माविमा ई–लाईबे्ररी स्थापना गर्न र विद्यालयको स्तरोन्नतिका लागि अभियान चलाएर  १ महिना पहिला  पनि २२ लाख ५२ हजार रुपैयाँ संकलन गर्नुभएको थियो।सापकोटा ले यो अभियान सानो सहयोग बाट राम्रो काम हुने भयकोले सबैले सहयोग गरेको साथै यो अभियान उपुक्त मानि अरु धेरै साथी हरु बाट पनि यस्तै अभियान शुरु गरि आफनो विद्यालयको स्तरोन्नतिका लागि काम शुरु गरेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?