+
+

उत्तेजक हर्कत गरेपछि फेसबुकले बन्द गर्‍यो पूनमको पेज

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १२ गते १४:०७

poonam pande

सामाजिक संजालबाट सेलिब्रेटी बनेकी पूनम पाण्डेलाई यतिबेला हैरानी भएको छ । फेसबुकमा आफ्ना उत्तेजक तस्बिर सार्वजनिक गर्दै यूवाहरुको नजर तानेकी पूनमको एकाउन्ट डियाक्टिभ गरिएको छ । फेसबुकले पेज बन्द गरिदिएपछि पूनम पाण्डेले आफ्ना फ्यानहरुसँग सुझाव मागेकी छिन् ।

फेेसबुकमा उनको २० लाख भन्दा धेरै फ्यान थिए । तिनै फ्यानलाई उत्तेजक तस्बिर पोष्ट गर्दै सेलिब्रेटी बनेकी पूनमको एउटा पाटो बन्द भएको छ । उनले आफ्नो एकाउन्ट फेरि कसरी पाउँन सकिन्छ भन्दै ट्विटरमा सहयोग मागेकी छिन् ।

उनले मानिसलाई भड्काउँने खालका तस्बिर फेसबुकमा सार्वजनिक गरिरहेकी थिइन् । सायद यही कारण हुनसक्छ, फेसबुकले उनको पेजलाई बन्द गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?