+
+

किकमा सलमानसँग कट्रिना भएको भए ?

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १७ गते १०:२६

katrina salman
मुम्बई । हिन्दी चलचित्र ‘किक’ मा सलमान खानको हिरोईन ज्याकलिन फर्नाडिज नभएर कट्रिनाकैफ भएको भए के हुन्थ्यो होला ? अहिले यो विषयमा सानो तिनो बहस नै सुरु भएको छ बलिउडमा । सामाजिक सञ्जालमा यहि विषयमा फ्यानहरुविच विवाद सुरु भएको छ ।

‘यदि ज्याकलिनको साटो कट्रिना भएको भए सिनेमाको ब्यापार २५० करोड बढी हुन्थ्यो ।’ एकथरिको मत छ । तर, अर्काथरी यो भनाईसँग सहमत छैनन् । किकमा ज्याकलिनले राम्रो अभिनय गरेको धारणा राख्नेहरु ब्यापार बढ्नु र घटनुमा हिरोईनको हात नहुने धारणा राख्छन् ।

मुस्लिमहरुको महान चाड ईदको दिन प्रदर्शन सुरु भएको किकले प्रदर्शनको पहिलो हप्तामा १५० करोड कमाई गरेको थियो । बाँकी चार हप्तामा फिल्मले खासै राम्रो ब्यापार गर्न सकेको थिएन । फिल्म बितरकहरुका अनुसार अहिलेसम्म यस फिल्मले २३३ करोड कलेक्सन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?