+
+

चार डीआइजीलाई एआइजीमा बढुवा गर्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ८ गते २०:३०

८ असोज, काठमाडौं । सर्वोच्च अदालतले प्रहरीको बढुवामा नगरेका डीआईजीहरु यादव अधिकारी, परशुराम खत्री, सुशीलवर सिंह थापा र विश्वराज सिंह शाहीलाई एआईजीमा बढुवा गर्न आदेश दिएको छ ।

न्यायाधीश दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलासले ९ जना डीआईजीको बढुवा भएको साउन २९ गतेदेखि नै लागू हुने गरी चार जनाको बढुवा गर्न आदेश दिएको छ । अब प्रहरीमा १३ इआइजी हुने भएको छ ।

सर्वोच्च अदालतले नौं डीआइजीको बढुवा कानुनसम्वत र उतिच नभएको बताएको छ । तर, नियुक्ति बदर हुादा निवेदकहरु बढुवाबाट बञ्चित हुने तथा पद खाली भइ सार्क सम्मेलनको सुरषामा नै असर पर्ने देखिएको भन्दै संयुक्त इजलासले सुविधा र सन्तुलनको दृष्टिबाट बदर गर्नु औचित्यपूर्ण नदेखिएको बताएको छ ।

बढुवा सिफारिस समितिले सात जनाको नाम सिफारिस गरेकोमा पुनरावलोकन समितिले १३ डीआइजीको नम्बर अनुसार बरियता क्रम राखेर पठाएको थियो । तर, सरकारले सिफारिस समितिले दिएको सात र नारायण बस्ताकोटी र गणेश राईको नाम राखेर नौं डीआइजीको बढुवा गरेको थियो ।

पुनरावलोकन समितिको को सूचीमा आफूभन्दा पछि रहेकाहरुलाई एआइजी बनाएको भन्दै चार डीआइजीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?