+
+
Shares

सशस्त्र प्रहरीमाथि गोली प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २४ गते ९:४६

२४ असोज, तौलिहवा । कपिलवस्तुको धनकौली गाविस-३ मा सशस्त्र प्रहरीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेको छ । धनकौली गाविस-३ स्थित बिजगौरी पुल नजिकै जाँचका लागि खटिएको सशस्त्र प्रहरीको टोलीलाई रातो यामाहा मोटरसाइकलमा सवार व्यक्तिले गोली हानेको हो ।

प्रत्यक्षदर्शीका अनुसार सशस्त्र प्रहरीले शुक्रबार विहान जाँचका लागि मोटरसाइकल रोक्न खोज्दा पछाडि बसेको व्यक्तिले फायरिङ गरेको थियो । त्यसपछि सशस्त्र प्रहरीको टोलीले पनि एक राउण्ड गोली चलाएको थियो ।

गोली प्रहारबाट मानवीय क्षति नभएको र सबै सकुशल रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्मेलीका सशस्त्र प्रहरी उपरिक्षक मधुकृष्ण गड्तौलाले जानकारी दिए ।

कटुवा पेस्तोल र सकेट बम बरामद

गोली प्रहार गर्नेहरु बिजगौरी पुलबाट महाराजगंज तर्फ भागेका थिए । उनीहरुलाई प्रहरीले पिछा गर्दै गए पनि कोही पनि पक्राउ परेको छैन । तर प्रहरीले एक थान कटुवा पेस्तोल र २ वटा सकेट बम फेला परेको जानकारी दिएको छ । ‘गोली चलाउनेहरुलाई पिछा गर्दै जाँदा बाटोमा हतियारसहित २ राउण्ड गोली बरामद भएको छ,’ प्रहरी उपरिक्षक गड्तौलाले भने । उनले घटनाको अनुसन्धान भइरहेको र फरार अभियुक्तहरुको खोजी जारी रहेको जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?