२४ असोज, पोखरा । पोखराको चाउथेमा स्थापित होटल फेवा प्रिन्स नयाँ व्यवस्थापनसहित रोयल प्यालेस रिसोर्ट एण्ड स्पाको नामबाट सञ्चालन हुने भएको छ ।
विसं २०५३ सालमा नेपाली उद्यमी र जापानको संयुक्त लगानीमा स्थापित उक्त होटलको कार्यकारी अध्यक्षमा गणेशकुमार श्रेष्ठ, प्रबन्ध निर्देशकमा सुवास प्रधान र निर्देशकमा हेमनारायण श्रेष्ठ रहेका छन् ।
अधिकृत पुँजी रु १५ करोड र जारी पुँजी रु १० करोड रहने सो रिसोर्टमा ३१ वटा वातानुकूलित डिलक्स सयन कक्ष रहेका छन् ।
त्यस्तै होटलमा ७० वटा सिट क्षमताको अन्नपूर्ण रेष्टुरेन्ट र तीनवटा बैठक कक्ष रहेका छन् । गोर्खा दरबार हलमा १८०, साकुरा हलमा ६० र रुपा हलमा २५ जना अट्न सक्ने सभाहल छन् ।
रिसोर्टमा रहेका कोठाहरूबाट माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायत विभिन्न हिम शृङ्खला देख्न पाइन्छ ।
रिसोर्टमा निकट भविष्यमा स्पा र मसाज, जिम हललगायत ४०० देखि ५०० जना अट्न सक्ने क्षमता भएको वातानुकूलित सभाहल बनाउने लक्ष्य राखिएको छ ।
पाँच वर्षभित्र सेवा विस्तार गरी लुम्बिनीको मधुवनीमा रोयल लोटस गार्डेन रिसोर्ट र चितवनको सौराहामा रोयल जङ्गली भिलेज बनाउने उद्देश्यसमेत सो स्पाको रहेको छ । रासस
प्रतिक्रिया 4