मुम्बइ । हलिउड अभिनेत्री पेरिस हिल्टनले बलिउड अभिनेता ऋतिक रोशनसँग काम गर्ने इच्छा देखाएकी छिन् ।
दुबईमा एक रेष्टुरेन्ट उद्घाटनको अवसरमा हिल्टन र ऋतिकको भेट भएको थियो भने, केही वेर उनिहरुले कुराकानी समेत गरेका थिए ।
हलिउडटिवी अनलाइन पोर्टलले ऋतिक र हिल्टनको तस्बिर ट्वीटरमा पोष्ट गरेको छ । ऋतिकलाई हट अभिनेता भनेर टिप्पणी गरेकी हिल्टनले आफु उनसँग काम गर्न इच्छुक रहेको बताइन् ।
ऋतिक पछिल्लो समय बलिउडको बिकाउ अभिनेताको रुपमा चिनिन्छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘बैंग बैंग’ ले भारतमा मात्रै १५० करोड बढी कमाइ गरेको थियो ।
अमेरिकामा प्रदर्शन भएका हिन्दी फिल्म मध्ये ‘बैंग बैंग’ सबै भन्दा धेरै कमाइ गर्ने फिल्मको सूचीमा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4