+
+

गाँजासहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते १०:३२

३१ असोज, सिरहा । सिरहाको जमदह गाविस वडानम्बर ३ स्थित गागन नदीबाट गाँजासहित दुईजनालाई सशस्त्र प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा लालपुर-७ का बुद्ध यादव र उदयपुरको रिस्कु-२ का नरबहादुर राई रहेका छन् । उनीहरुको साथबाट ४३ किलो ५ सयग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्लास्टिकका दुईवटा बोरामा गाँजा राखेर भारततर्फ गइरहेको अवस्थामा उनीहरुलाई विहीबार राति ११ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक विदुर भट्टराईले जानकारी दिए ।

उदयपुरबाट गागन नदी हुँदै भारत गाँजा लैजादै गरेको भन्ने विशेष सूचनाको आधारमा दुबैजनालाई पक्रन सफल भएको उनको भनाइ छ ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?