३१ असोज, काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले एमाले र कांग्रेसलाई जनताले कठालोमा समातेर पछार्ने दिन अब धेरै बाँकी नरहेको बताएका छन् ।
खुल्लामञ्चमा आयोजित २२ दलको विरोधसभामा नेता राईले भने-‘००७ सालको क्रान्तिले राणाहरुलाई पछार्यो, ०४६ सालको आन्दोलनले पञ्चायतलाई पछार्यो, ०६२/०६३ को आन्दोलन र माओवादी जनयुद्धले राजालाई पछार्यो, अब हुने आन्दोलनले कांग्रेस र एमालेलाई कठालोमा समातेर पछार्ने अवस्था नआओस् ।’
संविधानसभाबाट संविधान नआए सडकबाटै संविधान बन्ने चेतावनी दिँदै राईले भने- ‘कांग्रेस र एमालेलाई जनताले कठालोमा समातेर पछार्ने दिन अब धेरै दिन बाँकी छैन ।’
कार्यक्रममा मोर्चाका नेता परशुराम तामाङले संसद छाडेर सडकमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4