३ कात्तिक काठमाडौ । कृषिमन्त्री हरिप्रसाद पराजुलीले मुलुकलाई कृषमिा आत्मनिर्भर बनाउन हरेक किसानलाई अनुदानको व्यवस्था गरेको बताएका छन् ।
‘किसानलाई जग्गा भाडामा लिन, त्यसमा खनजोत, मलबीउका लागि आवश्यक खर्च सरकारले व्यवस्था गर्छ, ‘योजना हेरेर ३२ हजारदेखि १ लाखसम्म सरकारले अनुदान दिन्छ’ एभरेस्ट मिडिया कन्सल्टले आइतबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री पराजुलीले भने ।
उनले साधारण किसानले खाली कागजमा आफ्नै भाषामा निवेदन लेखे थप नम्बर दिएर अनुदान दिने व्यवस्था मिलाइएकोसमेत जानकारी गराए ।
खेतीयोग्य जग्गा बाँझो राख्ने प्रवृत्ति अन्त्य गर्न सरकारले भू-उपयोग ऐन ल्याउने तयारी गरेको पराजुलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4