५ कात्तिक काठमाडौं । नेपालका लागि मलेशियाका चार्ज डि अफेयर फेडल अदिलाले नेपाल-मलेशिया विचको आर्थिक सम्वन्ध विस्तारका लागि दुई देश विच दोहोरो कर हटाउन आवश्यक भएको बताएका छन् ।
नेपाल चेम्वर अफ कमर्समा चेम्वरका पदाधिकारीसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।
छलफलमा उनले नेपाल-मलेशियाका विचका आर्थिक सम्वन्ध विस्तारका लागि दुई देश वीचको दाहोरो कर अन्त्य गर्नु पर्ने बताउंदै दुई देशका निजी क्षेत्रले दोहोरो कर हटाउन पहल गर्नु पर्ने धारणा राखे ।
नेपालले मलेशियाको निर्माण र कृषि क्षेत्रको अनुभवबाट लाभ लिन सक्ने बताए । उनले नेपाल चेम्वर अफ कमर्स र मलेशिया चेम्वर अफ कमर्सबीच सहकार्य गरी आर्थिक क्रियाकलापलाई बढावा दिनुपर्नेमा जोड दिए ।
छलफलका क्रममा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा जलविद्युत, कृषि, पूर्वाधार निर्माण, पर्यटन, हस्तकला उद्योग लगायत सेवा क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताउंदै मलेशियाका लगानीकर्ताहरुले यसबाट प्रशस्त फाईदा लिन सक्ने बताए ।
उनले नेपालले सन् २०२२ सम्म विकासशील राष्ट्रमा रुपान्तरण हुने लक्ष्य लिएकोले ठूला लगानी र प्रविधिको आवश्यकता माथि जोड दिदैं नेपाल चेम्वर अफ कमर्सले विदेशी लगानीकर्ताहरुलाई उद्योग स्थापना तथा कर लगायतका आवश्यक सूचनाहरु उपलव्ध गराई सहयोग गर्न तयार रहेको बताए ।
प्रतिक्रिया 4