सिड्नी । नेपाली टच र थर्ड आइको आयोजना तथा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सहकार्यमा पर्यटन नगरी पोखरामा रहेको सहारा एकेडेमीलार्इ सहयोग गर्नका लागि ‘सहारा नाइट’ नामक सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।
कार्यक्रम आगामी नोभेम्बर ८ तारिखका दिन सिड्नीको थर्ड आइ बार एण्ड बिस्ट्रोमा हुने आयोजकले जनाएको छ । उक्त सहारा नाइट कार्यक्रममा नेपालका चर्चित पप गायक सविन राइ तथा उनको ब्याण्डले बिशेष प्रस्तुती दिनुका साथै सिड्नीका दुइजना कलाकारहरू विश्वास श्रेष्ठ तथा कुमार गोश्वामीले पनि आफ्नो प्रस्तुती प्रस्तुत गर्ने नेपाली टचका निर्देशक दीपेश पुनले जानकारी दिए ।
यस कार्यक्रमबाट संकलित सहयोग रकम साहरा एकेडेमीलाइ प्रदान गरिने उनले बताए । सहरा एकेडेमीको सहयोगार्थ यसअघि पनि सिड्नीमा कार्यक्रम गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4