Comments Add Comment

रंगीचंगी बने नदी किनारा र तलाऊ (फोटो फिचर)

Biratnagar-chhat-1

१२ कात्तिक, काठमाडौं । मैथिली समुदायका नेपालीहरुको महान पर्व छठको अवसरमा बुधबार देशैभरिका नदी किनार र ताल तलैयाहरु रंगीचंगी भए ।  पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म तराई भएर बग्ने नदीका किनारहरु रंगीचंगी बने । राजधानीको रानीपोखरी र वाग्मती लगायतका नदीहरुमा पनि रौनक छाएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसमेतले राजधानीमा  आयोजित छठ पूजामा सहभागिता जनाए । काठमाडौंको गौरीघाटमा पनि भक्तालुहरु खचाखच भरिएका थिए । केही वर्षयता छठका लागि रानीपोखरी खुल्ला गर्न थालिएपछि वर्षैपच्छिे यहाँ भक्तालुहरुको भीड बढ्न थालेको हो ।

दसैं तिहारजस्तै तराईवासीका लागि छठ पर्वले विशेष महत्व राखेको छ । दुई दिन देखि सुरु भएको छठअन्तर्गत आज साँझ अस्ताउँदै सूर्यलाई अर्घ दिने गरिन्छ । आज साँझपख जलासय, नदीमा नुहाएर अस्ताउन लागेको सूर्यको विशेष पुजा गर्ने प्रचलन छ ।

विहीबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने चलन छ । छठ माता र सूर्यको पूजा गर्नाले सुख, शान्ति, समृद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता रहेको छ ।

छठमा गहुँको पिठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, उखु, केरालगायतका सामग्रीहरु प्रसादको रुपमा अर्पण गर्ने चलन छ ।

भैरहवाबाट सलमान खानका अनुसार रुपन्देहीको भैरहवा, बुटवल र अन्य ग्रामीण क्षेत्रहरु बेथरी, बनगाई, धकधई, मर्चवार, लुम्बिनी लगायतका क्षेत्रमा छठको रौनक देखियो । भैरहवामा नेपाली सेनाको ग्यारिजन गण २ नम्बर अवस्थित छठमाई पोखरीमा सामुहिक पुजा गरेर भैरहवा तथा वरपरका बासिन्दाले छठ पर्व मनाएका छन् ।

Bhairahawa-chaat

छठ पूजन समिति सिद्धार्थनगरको आयोजनामा सिद्धार्थनगर नगरपालिका वार्ड नंं. ५ स्थित छठ पोखरीमा छठ पूजा गरिएको छ । विगत ५० बर्षदेखि सो पोखरीमा छठ पूजा हुँदै आएको छ । बुधबार सो पोखरीमा हजारौं श्रद्धालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएको छठ पुजन समारोह समितीका संयोजक आनन्द प्रसाद गुप्ताले बताए ।

गुप्ताका अनुसार बिशेष गरी तराईमा बसोबास गर्ने मधेशी समुदायले मात्र मनाउँदै आएको यस पर्वलाई पछिल्ला वर्षहरुमा पहाडी मूलका महिलाहरुसमेत पूजाका लागि आउने क्रम बढेको र यसले जातीय एकताको सन्देश दिएको गुप्ताले बताए ।
बुटवलको तिनाउ खोलालगायत अन्य ग्रामीण क्षेत्रका तातलैया तथा नदी किनाराहरुमा छठपुजन भएको छ ।

छठ पर्वको समयमा भैरहवा बजारमा हरियो केराको व्यापार अत्यधिक बढेको छ । स्थानीय उत्पादनले नपुग्दा केरा भारतबाट समेत आयात गर्नुपरेको छ ।

मोरङको उर्लाबारीबाट तेजन खड्काका अनुसार झापा र मोरङको सीमानामा बग्ने मावा खोलालाई छठ पर्वको अवसरमा बेहुलीझैं सिंगारिएको छ । खोलाको करिब १ किलोमिटर दुरीसम्म केराका बोट रोपिएका छन् ।

Biratnagar-chhat

दिउँसोको ३ बजेदेखि भोलि ८ बजेसम्म भजन किर्तनको आयोजना गरिएको छ । मावा खोलामा छठपर्वमा मानिसहरुको उल्लेख्य सहभागिता छ । पहाडे समुदायका मानिसहरु पनि छठमा सहभागी छन् ।

त्यस्तै कमल प्रसाइका अनुुसार झापामा पनि छठ मनाइएको छ । मेची नदीमा वारिपटि्ट नेपालीहरुले  र पारिपटि्ट भारतीयहरुले छठ मनाएका छन् ।

chhat-in-jhapa-1

विशेष गरी मधेसका बिराटनगर, राजविराज, जनकपुर, वीरगञ्ज, बुटवललगायतमा शहरमा छठको रौनक देखिएको छ ।
सुनसरी र सप्तरीको सीमानामा बग्ने सप्तकोशी नदी वारिपारि भक्तजनहरुको भीड लागेको छ ।

 chhat-in-jhapa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment