Comments Add Comment

राष्ट्रपतिलाई एमालेको पत्र : देउवालाई समर्थन गर्ने सांसदलाई कारबाही गर्छौं

७ जेठ, काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ ।

उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालयमा पठाएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दिएको छ । उनीहरुले प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई  पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन माग गरिएको छ ।

‘उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने जानकारी गराएका छौं’ उनले भने ।

शुक्रबार संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment