
७ जेठ, काठमाडौं । एमाले नेता योगेश भट्टराईले पार्टी एकतालाई जोगाउन आफूले पछिल्लो कदम चालेको बताएका छन् । उनी माधव नेपाल-झलनाथ खनाल पक्षले कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सर्मथन गर्ने गरेको निर्णयको विपक्षमा उभिएका थिए । भट्टराईले देउबाको पक्षमा हस्ताक्षर गरेका थिएनन् ।
‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज,’ उनले समाजिक सञ्जालमा लेखेका छन्,’नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरें कि गलत गरें, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’
उनले विहान विपक्षी दलहरुबीच भएको भर्चुअल बैठकमा नै देउबालाई समर्थन गर्न नसकिने बताएका थिए । एमालेभित्र माधव नेपाल पक्षका बलिया नेता मानिएका उनी अब ओली समूहमा जाने अवस्था देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4