+
+
Shares

चोलेन्द्रशमशेर जबराको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मध्यरातको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक भएको बताएका छन्।
  • आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको उक्त कदमको कडा विरोध गर्दै सुरक्षा चुनौती भए सुरक्षा दिनुपर्ने बताएका छन्।
  • भट्टराईले सरकारलाई यस्ता स्वेच्छाचारी र उटपट्याङ कामबाट तत्काल पछि हट्न चेतावनी दिएका छन्।

११ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा गरिएको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक भएको बताएका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता भट्टराईले सरकारको उक्त कदमको कडा विरोध गरेका हुन्। कुनै सुरक्षा चुनौती भए सुरक्षा प्रदान गर्नु राज्यको दायित्व भए पनि मध्यरातमा गरिएको पक्राउलाई कुनै पनि बहानामा उचित ठहर्‍याउन नसकिने उनको भनाइ छ।

‘सुरक्षा चुनौती रहेछ भने सुरक्षा दिनु राज्यको दायित्त्व हो, तर मध्यरातमा गरिएको गिरफ्तारी कुनै बहानाबाजीबाट पनि उचित मान्न सकिँदैन,’ भट्टराईले लेखेका छन्, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक छ।‘

उनले सरकारलाई यस्ता स्वेच्छाचारी कदमहरू तत्काल रोक्न चेतावनी दिँदै भनेका छन्, ‘सरकार यस्ता उटपट्याङ कामबाट पछि हट्नै पर्दछ।‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?