News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले वामपन्थी एकतालाई संख्या जोड्ने अभियान मात्र नभएको बताएका छन् ।
- पार्टी केन्द्रीय समिति बैठकमा उनले विगतका एकताको वस्तुनिष्ठ र निर्मम समीक्षा आवश्यक भएको उल्लेख गरेका छन् ।
- उनले २०७५ सालको एमाले–माओवादी एकताले अपेक्षित स्थायित्व हासिल गर्न नसकेको भन्दै हतारको एकताले परिणाम नदिने बताएका छन् ।
७ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले वामपन्थी एकतालाई संख्या जोड्ने अभियान मात्रै नभएको बताएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकमा लिखित दस्तावेज प्रस्तुत गर्दै भट्टराईले यसअघि भएका एकताको वस्तुनिष्ठ र निर्मम समीक्षा हुनु आवश्यक भएको उल्लेख गरेका छन् ।
साझा वैचारिक धरातल, कार्यक्रम र राजनीतिक उद्देश्यका आधारमा पुनर्गठित कम्युनिस्ट शक्तिहरूसँग जबजको वैचारिक आधार र नेकपा (एमाले) को नेतृत्वदायी भूमिकामा सहकार्य, संयुक्त मोर्चा र क्रमिक एकीकरणको प्रक्रिया अघि बढाइनुपर्ने उनको भनाइ छ ।
‘एकता संख्या जोड्ने अभियान मात्र होइन; विचार, संगठन, नेतृत्व र जनविश्वास जोड्ने ऐतिहासिक प्रक्रिया बन्नुपर्दछ,’ भट्टराईले भनेका छन् ।
नेपाली वामपन्थी आन्दोलनले लामो यात्रामा फुट, विभाजन र विखण्डनका अनेक नकारात्मक अनुभव व्यहोरेको उनले दस्तावेजमा उल्लेख गरेका छन् भने केही सकारात्मक दृष्टान्त पनि उनले उल्लेख गरेका छन् ।
‘२०७५ सालमा भएको एमाले–माओवादी एकतालाई ‘ऐतिहासिक र महान् ’ भनिएको थियो । तर पर्याप्त वैचारिक, सांगठनिक र राजनीतिक तयारीबिना गरिएको उक्त एकताले अपेक्षित स्थायित्व हासिल गर्न सकेन । त्यसको वस्तुनिष्ठ र निर्मम समीक्षा हुनु आवश्यक छ,’ उनले भनेका छन् ।
जननेता मदन भण्डारीले पाँचौँ राष्ट्रिय महाधिवेशनमा संयुक्त मोर्चा, वामपन्थी एकता र एकीकरणबारे प्रस्तुत गर्नुभएको दृष्टिकोणलाई आजको बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिअनुकूल परिस्कृत र विकसित गर्नुपर्ने उनको भनाइ छ । ‘विगतको अनुभवले हामीलाई एउटा स्पष्ट शिक्षा दिएको छ, हतारमा गरिएको एकताले अपेक्षित परिणाम दिँदैन,’ भट्टराईले आफ्नो दस्तावेजमा भनेका छन् ।
यस्तो छ उनको लिखित दस्तावेज–
प्रतिक्रिया 4