दोहा । नेपाल पत्रकार महासंघ कतार शाखाले नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रवार कतारको दोहामा सम्पन्न शाखाकोे पाँचौं अधिवेशनले गणेश बञ्जाडेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा दीपक पुडासैनी, सचिवमा मोहम्मद अजिज अली, सहसचिवमा नवराज बिक र कोषाध्यक्षमा घनश्याम पराजुलीलाई चयन गरिएको छ । यसैगरी कार्यसमितिको सदस्यहरुमा करिम बक्स मियाँ, भुवन केसी, महेन्ऽ प्रसाद पोखरेल र समिम मियाँ चयन भएका छन् ।
अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिका रुपमा नेपाल पत्रकार महासंघका नेपाल केन्द्रीय सदस्य रोहित दाहाल कतार पुगेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघका महासचिव उजीर मगर र प्रवासी नेपाली पत्रकार सञ्जालका सचिव दामोदर नेपालको पनि उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4