लामो समयदेखि छायांकन हुँदै रोकिएको चलचित्र ‘नो स्मोकिङ’को अब भने सुटिङ सकिएको छ । सुन्दरीजलको विभिन्न रमणिय स्थानमा दृश्य कैद गर्दै छायांकन सकिएको हो ।
मुरारी पोख्रेलले निर्माण गरेको यो चलचित्रलाई सुमन दाहालले निर्देशन गरेका हुन् । यसअघि ‘मन परेपछि’ निर्देशन गरेका सुमनले यसपटक धुम्रपानका कारण हुने असरलाई ‘नो स्मोकिङ’मा देखाउन खोजेका हुन् ।
खैरावङ् फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा झरना थापा, संजय खतिवडा, महिमा सिलवाल, रमेश वुढाथोकी, दिनेश देवकोटा लगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्रलाई आउँदो बैशाख ११ गते प्रदर्शन गर्ने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4