१३ मंसिर, काठमाडौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनमा विदेशी पाहुनालाई देखाउन राखिएका फूलका गमला सम्मेलन सकिएको भोलिपल्टैदेखि फुट्न थालेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कालीमाटीसम्म र सम्मेलन आयोजनास्थल राष्ट्रिय सभागृह परिसर एवम् आसापासका क्षेत्रहरुमा हरियाली देखाउन यी गमलाहरु राखिएका थिए । तर अधिकांश स्थानमा यात्रुहरुले बिरुवा कुल्चनुका साथै गमला तोडफोड गर्न सुरु गरेका छन् ।
सार्क सम्मेलनकै अवसरमा काठमाडौ हरियाली बनाउने जिम्मा पाएको काठमाडौ महानगरपालिकाले सडक छेउ विरुवा राप्ने, गमला राख्ने र ठाउँ ठाउँमा बगैचाहरु निर्माण गरेको थियो । तर सम्मेलन सकिएको दुई दिन नबित्दै हरियाली बनाइएका संरचनाहरु तोडफोड हुन थालेका हुन् ।
शनिवार विहानसम्ममा सभागृह अघिका आधा दर्जन गमलाहरु फुटाइसकिएका छन् भने सडक छेउका फूल विरुवाहरु चुडाउँन र विगार्न सुरु भइसकेका छन् । सार्क सम्मेलन सकिएर सार्क सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु एवम् पर्यवेक्षकहरु फर्किएको भोलिपल्टै वगैंचाहरु कुल्चिन र विगार्न लागिएको हो ।
तस्वीरः कविन अधिकारी/अनलाइनखबर
यो पनि पढ्नु होस्
प्रतिक्रिया 4