+
+

एसएलसीमा फेल नगराउने निर्णयको बाबुरामद्वारा स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २५ गते १९:४०

२५ मंसिर, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गर्ने निर्णयको समर्थन गरेका छन् ।

baburam-bhattaraiFINALएसएलसीको विद्यमान परीक्षा प्रणाली बैज्ञानिक र न्यायपूर्ण नभएको भन्दै उनले ग्रेड प्रणालीमा जानु उपयुक्त भएको बताएका छन् ।

एसएलसी पूर्व बोर्ड फस्ट भट्टराईले अनलाइनखबरसँग भने-‘आखिर १२ सम्म स्कुल लेभल भइसक्यो । १० कक्षामा किन फेल गराउने ? सबैलाई पास गरेर पठाइदिए हुन्छ ।’

७० प्रतिशत विद्यार्थीलाई एसएलसीमा फेल गराएर राख्नुको साटो कलेज जाने बेलामा १२ कक्षाको परीक्षामा कडाइ गरे हुने भट्टराईको सुझाव छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले बुधबार विगत ८१ वर्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुत्तीर्ण हुने प्रावधान खारेज गर्ने निर्णय गरेको थियो ।

प्राविधिकतर्फको एसएलसी परीक्षामा परीक्षणका रुपमा लागू गरिनेछ भने २०७१ सालबाट एसएलसी परीक्षामा साधारणतर्फ लागू हुनेछ ।

प्रतिशतका आधारमा गरिँदै आएको मूल्यांकन पद्धतिलाई विस्थापित गरी लेटर ग्रेडका आधारमा मूल्यांकन हुनेछ । ९० भन्दा बढी प्रतिशत अंक ल्याउनेले ए प्लस अर्थात विशिष्ट र २५ प्रतिशतभन्दा कम ल्याउनेलाई इ अर्थात धेरै कमजोर भनी प्रमाणपत्र दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?