२७ मंसिर, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पश्चिमा मुलुकहरुले नेपालमा नाङ्गो हस्तक्षेप गर्न थालेको भन्दै कडा आपत्ति जनाएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा राप्रपा नेपालका अध्यक्ष थापाले भने-‘केही करोड डलर सहयोग दिएँ भन्दैमा हस्तक्षेप गर्न पाइन्छ ? नेपालको संविधानमा यो लेख र ऊ लेख भनेर खटनपटन गर्न पाइन्छ ?’
बेलायती राजदुत एन्डी स्पाक्र्सले धर्म परिर्वतनलाई नयाँ संविधानमै सुनिश्चित गर्न सभासदहरुलाई खुलापत्र लेखेर गरेको आग्रहप्रति आपत्ति जनाउँदै उनले भने-‘धर्म परिवर्तन गर्ने अधिकार संविधानमै लेख्नुपर्छ भनेर आदेश दिने अधिकार कहाँबाट आयो ?’
केही करोड डलर सहयोग गरेको भरमा नेपालमा आएर यहाँको सांस्कृतिक, राजनीतिक र धार्मिक अवस्थालाई भाड्नका लागि हस्तक्षेप गर्न नपाइने भन्दै उनले सरकारले किन केही नगरेको भनि प्रश्न गरेका छन् ।
कूटनीतिक नियोगका प्रमुख र जिम्मेवारहरुले नेपालको राष्ट्रिय अस्मितामा ठाडो हस्क्षेप गर्दै बोल्न थालेको समेत थापाले बताए । उनले भने-‘आघात पुग्ने ढंगबाट वक्तव्यवाजी गरिरहेका छन्, अनुचित दबाव संविधानमा दिइइरहेका छन् । यो तत्काल बन्द हुुनुपर्छ ।’
प्रतिक्रिया 4