+
+

यस्तो छ चीनसँग गर्न लागिएको बिप्पा सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २ गते १०:३३

१ पुस, काठमाडौं । परराष्ट्र मन्त्रालयले छिमेकी मुलुक चीनसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा)का लागि गत बिहीबार पत्राचार गरेको छ । मन्त्रालयका सह-सचिव झविन्द्रप्रसाद अर्यालले उद्योगमन्त्री महेश बस्नेतका स्वकीय सचिव कृष्ण केसीलाई उक्त जानकारी दिएका हुन् ।

यस्तो छ बिप्पा ड्राफट   

chin nepalदुबै मुलुकले लगानी प्रवर्द्धन तथा संरक्षण गर्नुका साथै अर्को मुलुकको लगानीलाई प्रोत्साहन गर्नुपर्ने छ । साथै, लगानीका लागि अनुकूल वातावरण सृजना गरिदिने, आफ्नो नीति, नियम, कानूनबमोजिम त्यस्तो लगानी स्वीकार गर्ने, अर्को पक्षको लगानीलाई उचित व्यवहार गर्ने ड्राफ्टमा उल्लेख गरिएको छ ।

आफ्नो देशको लगानीलाई गरेसरहको व्यवहार विदेशी लगानीलाई पनि गर्नुपर्ने छ । अति सौविध्यतापूर्ण राष्ट्रको व्यवहारअन्तर्गत अन्य तेस्रो मुलुकको लगानीलाई गरे सरहको व्यवहार गर्नुपर्ने छ ।

अर्को पक्षको लगानीकर्ताको लगानीलाई भेदभावपूर्ण तरीकाले उचित एवं समन्यायिक क्षतिपूर्ति नदिई र कानून वमोजिम सार्वजनिक प्रयोजनका लागि बाहेक अधिग्रहण वा राष्ट्रियकरण गर्न पाइनेछैन ।

कुनै पक्षको इलाकामा अर्को पक्षको लगानीकर्ताले युद्ध वा सशस्त्र द्धन्द्ध, राष्ट्रिय संकटकालीन अवस्था, राष्ट्र विप्लव वा दंगाका कारणले नोक्सानी व्यहोर्नुपरेमा त्यस्तो लगानीको प्रतिस्थापन, हर्जाना, क्षतिपूर्ति वा अन्य सम्बन्धमा आफ्ना लगानीकर्ता वा कुनै तेस्रो मुलुकका लगानीलाई प्रदान गरेको भन्दा कम नहुने गरी व्यवहार गर्नुपर्ने छ ।

अर्को पक्षको लगानीकर्ताको लगानी रकम, लाभांश आदि अनुचित विलम्व नगरी फिर्ता लैजान पाउने व्यवस्था गर्नुपर्ने छ ।

अर्को पक्षको कम्पनीहरुमा काममा लगाइएको कर्मचारीहरुलाई आफ्नो प्रचलित कानून वमोजिम प्रवेश गर्न र रहन अनुमति दिइने छ ।
सम्झौताका पक्षबाहेक अन्य गैर पक्षको व्यक्तिमा लगानीको स्वामित्व वा नियन्त्रण रहेको भए सम्झौता वमोजिमको लाभ दिन इन्कार गर्न सक्ने व्यवस्था ड्राफ्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?