१ माघ काठमाडौं । व्यापारिक घराना पञ्चकन्या समूहको सिष्टर कन्सर्न एक्सप्लोर इन्टरनेसनलले अत्यन्तै कम उर्जा खपत गर्ने एलइडी लाइटहरु बजारमा ल्याएको छ ।
भारतीय कम्पनी बिन्या ओप्टो इलेक्ट्रोनिक्स प्रालिद्धारा उत्पादित एलइडी लाइटहरु आइएसओ मान्यता प्राप्त छन । मुलुकमा व्याप्त लोडसेडिङको समस्या कम गर्न निकै उपयोगी हुने पञ्चकन्या समूहका निर्देशक उदीप श्रेष्ठले जानकारी दिए ।
यी लाइटहरुले ९० प्रतिशतभन्दा बढी उर्जा बचत गर्ने, किफायति, गुणस्तरीय, बढी प्रकाश दिने, कम खर्चिलो र टिकाउ हुने श्रेष्ठले बताए ।
यसका उत्पादनहरु जडान तथा मर्मत गर्न सजिलो हुनुका साथै सपिङ मल, होटल, अस्पताल, अपार्टमेण्ट आदिमा अति उपयोगी हुने र ५ वर्षको वारेण्टी भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4