Comments Add Comment

हट सेलिब्रेटी जसको भान्सामा कहिल्यै मासु पाक्दैन

जनावरको अधिकारका लागि लड्दै आएको संस्था ‘पेटा’ ले बलिउडका केही कलाकारको सूची तयार पारेको छ । जसको भान्सामा कहिल्यै मासु पाक्दैन ।

शुद्ध शाकाहारी भोजन गरेकै कारण तन्दुरुस्त भएको धारणा राख्ने कतिपय कलाकार सबैलाई शाहाकारी खाना खान आग्रह गर्छन् । भेज खाना खाने कलाकारको वारेमा ‘इण्डिया टुडे’ ले बनाएको सूची यस्तो छ :

rekha-and-amitav

रेखादेखि अमिताभसम्म  
लामो समयदेखि शुद्ध शाकाहारी भोजनमा आफुलाई सिमित गराउँदै आएकी छिन् रेखाले । भोजनमा माछा मासु नभएकै कारण यो उमेरमा पनि आफ्नो सौन्दर्य जस्ताको तस्तै भएजस्तो लाग्छ उनलाई ।

शाकाहारी भोजनले सोंचसमेत सकारात्मक हुने उनको भनाई छ । उमेरले ७२ वर्ष पार गरेपनि अभिनेता अमिताभ बच्चनको स्फुर्तिमा कुनै कमी आएको छैन । यो उमेरमा पनि आफु चुस्त दुरुस्त हुनुको जस पनि शाकाहारी भोजनलाई दिन्छ अमिताभ ।

karena-and-sahid
करिनालाई शाकाहारी बनाए शाहिदले
टप भेजिटेरियन योङस्टार भनेर चिनिन्छन् अभिनेता शाहिद कपुर । मासुका परिकार कहिल्यै नरुचाउने शाहिदले करिना कपुरसँग रिलेशनसीपमा रहँदा करिनालाई समेत शाकाहारी बनाएका थिए । करिना स्वयंले पनि शाहिदकै कारण आफु भेज बनेको स्वीकार्दै आएकी छिन् ।

bidya-and-mallika
मल्लिका र बिद्या पनि भेज
‘हट भेजिटेरियन’ को सूचीमा पर्ने अर्की कलाकार हुन् मल्लिका शेरावत जसले आफ्नो सुन्दरताको पहिलो राज नै शाकाहारी भोजनलाई दिन्छिन् ।

सन् २००९ मा पेटाले नेहा धुपियालाई कामुक भेजिटेरियन युवतीको उपाधी नै दियो । उनी पनि शाकाहारी खाना मन पराउने हट सुन्दरी हुन् ।

अन्य हिरोइनको तुलनामा मोटी भएकीले पनि विद्या वालानको खानाको विषयमा शंका गर्नेहरु धेरै भेटिन्छन् । माछा मासु खाएरै ज्यान लागेको हो कि भन्नेहरु धेरै छन् । तर, यथार्थमा उनी पक्का भेज कलाकार हुन् ।

उमेरले ६५ पार हुनै लाग्दा पनि हेमा मालिनीको सुन्दरताको तारिफ हुने गरेको छ बलिउडमा । कुनै वेला जनावरमाथि अत्याचार गरिनु हुन्न भनेर आवाज उठाउने हेमा मालिनीलाई पनि माछा मासुको स्वाद थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment