+

पुलिस सिमरा गोल्डकपको फाइनलमा

२०७१ माघ  ८ गते २०:१३ २०७१ माघ ८ गते २०:१३
पुलिस सिमरा गोल्डकपको फाइनलमा

८ माघ, वीरगञ्ज । नेपाल पुलिस क्लव छैठौं सिमरा गोल्डकप फुटवलको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविकको उपविजेता वीरगञ्ज युनाइटेड क्लवलाई सडन डेथमा ६-५ ले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

पुलिसले उपाधिका लागि नेपाल आर्मीसँग खेल्नेछ । आर्मी आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गर्दै यसअघि नै उपाधि नजिक पुगिसकेको छ ।

निर्धारित समयमा दुवै टिमले १-१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा पनि कुनै नतिजा आउन नसकेपछि खेल टाईब्रेकरमा पुग्यो । टाईब्रेकरमा पनि बराबरी भएपछि नतिजा सडन डेथबाट निस्केको हो ।

सडन डेथमा पुलिसका लागि सुरज बिक र योगेश गुरुङले गोल गरे भने वीरगन्जका लागि मनोज गुरुङले मात्र गोल गर्न सके । वीरगन्जका नरेन लिम्बुको प्रहार पुलिसका गोलरक्षक रितेश थापाले बचाउ गर्दै टिमलाई जित दिलाए ।

यसअघि प्रतिस्पर्धात्मक खेलमा पुलिसले अग्रता लिएको थियो । खेलको २६ औं मिनेटमा पुलिसका लागि हरि कठायतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा खासै अवसर बनाउन नसकेको वीरगन्जले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्कायो । खेलको ५१ औं मिनेटमा बिशाल राईको पासमा दिनेश कार्कीले गोल गर्दै टिमलाई खेलमा फर्काएपनि सडन डेथमा पराजित हुन पुग्यो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय