+
+

प्रिती जिन्टा र यूवराज सिंहको के थियो सम्बन्ध ?

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ७ गते १६:०८

preeti-and-ubi
बलिउड नायिका प्रिती जिन्टाको सम्बन्ध क्रिकेटर यूवराज सिंहसँग के थियो ? के उनीहरु प्रेममा थिए त ? भारतीय संचारमाध्यममा यी दुइको विषयमा विभिन्न खालका प्रेम सम्बन्धको समाचार नआएका होइनन् । तर, नायिका प्रिती जिन्टाले बारम्बार यस बिषयमा स्पष्टिकरण दिइरहेकी छिन् ।

फेरि, यो बिषयमा प्रितीले आफ्नो मुख खोलेकी छिन् । एक पत्रिकामा यूवराजसँगको सम्बन्धको खबर आएपछि पि्रती आक्रोशित भएकी छिन् । उनले ट्विटरमार्फत मलाई कतीपटक भन्नुपर्छ कि यूवराज सिंह र मविच कुनै सम्बन्ध थिएन भनेर भनिराख्नुपर्छ भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

उनले आफूले यूवराजसँग डेट गर्ने कुनै सोच पनि नराखेको लेखेकी छिन् । पि्रतीको आक्रोश यतीमा  मात्र सिमित छैन । उनले फेरि लेखेकी छिन्-‘यस्ता कमेन्ट धेरै नै घिनलाग्दा हुन्छन् । यस्तो समाचार लेख्न बन्द गर्नुहोस् ।’

प्रितीको यो आक्रोशले फेरि एकपटक उनलाई चर्चामा ल्याइदिएको छ । लामो समयसम्म प्रिती र उद्योगपति नेस वाडियाविच सम्बन्ध थियो । गतबर्ष भने प्रितीले आफूमाथि हिंसा गरेको भन्दै वाडियामाथि मुद्दा हालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?