८ फागुन, सुनसरी । सुनसरीको पश्चिम कुशाहा स्थित मदर्सामा आगलागी हुंदा करिब ५ लाख बराबरको क्षती भएको छ । पश्चिम कुशाहा ४ स्थित मुस्लिम समुदायका विद्यार्थीले पढ्ने बिद्यालय मदर्सामा बिहीबारराति ८ बजेदेखि आगलागी भएको थियो ।
आगलागीबाट ४ कोठे कच्ची विद्यालय, फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । राति करीब ८ बजेबाट सुरु भएको आगलागी करीब डेढ घण्टा पछि स्थानीय, प्रहरी र दमकलको संयुक्त प्रयासमा निभाइएको थियो ।
यसैगरी मोरङको सुन्दरदुलारी नगरपालीका १ गोठगाउँका मधुसुदन घिमिरे र हरि साहको घरमा पनि आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा लाखौंको धनमाल जलेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4