+
+

‘वातावरण बनाए नेपालको उर्जा क्षेत्रमा श्रीलंकाली आउँछ’

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १३ गते १८:१४

aarthamantri-with-shreelank१३ फागुन, काठमाडौं । श्रीलंकाका पूर्वअर्थमन्त्री शरद अमुनुगामाले श्रीलंकाली लगानीकर्ताहरुले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न चासो देखाएको बताएका छन । बुधबार अर्थमन्त्री डा. रामशरण महतसँगको भेटका क्रममा अमुनुगामाले यस्तो बताएका हुन ।

उनले बजारको सुनिश्चितता भएकोले श्रीलंकाका लगानीकर्ताहरु नेपालको जलविद्युतका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए ।

‘अहिले पनि श्रीलंकाका लगानीकर्ताहरु अफ्रिकी मुलुकहरुमा गएर उर्जा क्षेत्रमा लगानी गरिरहेका छन । अव नेपालमा लगानीको वातावरण बनेकोले यहाँ लगानी गर्न तयार रहेका छन ।’ अमुनुगामाले भने- ‘आउँदो हप्ता काठमाडौंमा आयोजना हुने उर्जा विकाससम्वन्धी सम्मेलनका क्रममा नै केही ठोस निर्णयहरु हुने विश्वास लिएको छु ।’

सो अवसरमा अर्थमन्त्री महतले नेपालमा लगानी गरी लाभ लिन सकिने वातावरण निर्माण भएको बताउए । उनले भारतसँगको विद्युत व्यापार सम्झौता र सार्क बैठकका अवसरमा भएको दक्षिण एसियाली मुलुकहरुबीचको प्रसारण लाइन सम्झौताले नेपालमा विशेषगरी जलविद्युतका क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण निर्माण भएको र लगानी धमाधम आइरहेको जानकारी दिए ।

‘नेपालमा जलविद्युत विकासको प्रचूर संभावना रहेको छ तर संभावनाको एक प्रतिशत मात्र उत्पादन भएको छ । यो त सुन खानीभन्दा पनि मूल्यवान स्रोत हो । सरकारले अहिले जलविद्युतको उपयोगलाई उच्च प्राथमिकता दिएको छ ।’ महतले भने ।

उनले पनि जलविद्युतका क्षेत्रमा लगानी गरी लाभ लिन सक्ने भएकोले त्यहाँको निजीक्षेत्रलाई नेपालको जलविद्युतमा लगानीका लागि सन्देश पुर्‍याइदिन आग्रह गरे । त्यसैगरी भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भैरहेकोले लुम्बिनीको पर्यटनको विकासका लागि ठूलो मद्दत पुग्ने आशा व्यक्त गरे ।

सो अवसरमा श्रीलंका काठमाडौं सीधा हवाई सम्पर्क स्थापित गर्नेबारे पनि छलफल भएको अर्थमन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?