+
+

भारतीय उच्च कूटनीतिज्ञ पाकिस्तानमा

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १९ गते २२:१०

१९ फागुन, इस्लामाबाद । भारतीय एक प्रमुख कुटनीतिज्ञ द्विपक्षीय मुद्दामा वार्ता गर्नको लागि मङ्गलबार  पाकिस्तान पुगेका छन् ।

पाकिस्तान पुगेका भारतीय विदेश सचिव सुब्राहमान्यन जयशङ्करले आफ्ना समकक्षी अइजाज अहमद चौधरीसँग औपचारिक भेटवार्ता गर्ने पाकिस्तानको विदेश मन्त्रालयका जनाएको छ ।

पाकिस्तानी अधिकारीहरुका अनुसार भारतको उच्च कूटनीतिज्ञको यो भ्रमण दुई देशबीच जारी अवरोधको अन्त्यको लागि संयुक्त वार्ता प्रक्रियाको लागि एक राम्रो मौका हो ।

जयशङ्करको भ्रमणको क्रममा दुई देशको सीमाक्षेत्रमा हुने गोली प्रहारको तनावको विषयहरुमा पनि वार्ता हुने बताइएको छ ।  भारत र पाकिस्तानबीच चलिरेहेको तनावबीच उच्चस्तरीय अधिकारीको यो पहिलो भ्रमण भएको बताइएको छ ।

 इस्लामाबादमा हुने छलफलमा भाग लिनका लागि त्यहाँ पुगेका जयशङ्करले इस्लामाबादपछि  भुटान, बङ्गलादेश र अफगानिस्तानको भ्रमण गर्नेछन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?