+
+

कोइला भ्रष्टाचारमा भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई अदालतको पूर्जी

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २७ गते ११:२१

manamohan Sing

२७ फागुन, काठमाडौं । कोइला घोटालामा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई केन्द्रीय जाँच व्यूरो सीबीआईको विशेष अदालतले पूर्जी काटेको छ ।

मनमोहन सहित ६ अभियुक्तलाई अदालतमा उपस्थित हुन भनिएको छ । सिंह, उद्योगपति कुमार मंगलम बिडला, पूर्व कोइला सचिव पीसी परख र अन्य थप तीन जनालाई ८ अप्रिलमा अदालत उपस्थित हुन पत्र काटिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरुमाथि आपराधिक षडयन्त्र रचेको, विश्वासघात गरेको, आर्थिक अनियमितता गरेको लगायत अभियोग लागेको छ ।

भारतीय कांग्रेस नेता मनीष तिवारीले कोइला घोटालालाई राजनीतिक रंग दिइएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?