४ चैत, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टीले आम चुनाव जितेको छ ।
म्तदान पूर्वको मत सर्वेषण विपरित लिकुड पार्टीले ३० सिट र २३ प्रतिशत मत पाएको छ । अब नेतान्याहू चौथो पटक इजरायलका प्रधानमन्त्री बन्ने पक्का भएको बीबीसीले जनााएको छ ।
वामपन्थी जियोनिष्ट युनियनले २४ सिट जितेको छ । उसले १९ प्रतिशत मत पाएको छ । इजरायली संसद १२० सदस्यीय हुन्छ ।
अब नेतान्याहूको पार्टीले दक्षिणपन्थी विचारधाराका अन्य दललसँग मिलेर सरकार बनाउनेछ ।
लिकुड पार्टी इजरायलको सुरक्षा र प्यालेस्टाइनलाई स्वतन्त्र देशका रुपमा स्थपना हुन नदिने मुद्दा लिएर चुनाव लडेको थियो ।
अब यो चुनावी परिणामले अमेरिका निशारा हुनेछ, किनकी अमेरिकाले नेतान्याहूलाई त्यहाँ शान्ति स्थापनाको बाधकका रुपमा लिँदै आएको छ ।
निर्वाचन अघिको मत सर्वेक्षणले लिकुड पार्टीलाई जियोनिस्टले जित्ने देखाएको थियो ।
प्रतिक्रिया 4