६ वैशाख, काठमाडौं । इन्टेक्सको नयाँ स्मार्टफोन ‘अक्वा स्टार-२’ नेपाली बजारमा भित्रिएको छ । इन्टेक्स मोबाइलको नेपाली बिक्रेता इओएल प्रालिले नयाँ स्मार्टफोन बजारमा भित्राएको हो ।
इओएल कम्पनी चौधरी समूहको भगिनी कम्पनी हो । यसको मूल्य नेपाली बजारमा १२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
स्मार्टफोनमा १.२ गीगाहर्ज क्वार्डकोर प्रोसेसर, १ जीबी र्याम, ८ जीबी इन्टरनल स्टोरेज, आवश्यकता अनुसार ३२ जीबीसम्म विस्तार गर्न सकिने, ८४०×४८० रेजुलेसन भएको ५ इञ्चको डिस्प्ले, २००० एमएएच क्षमताको ब्याटि्र लगायतका सुविधाहरु रहेका छन् ।
सेल्फी पारखीहरुलाई लक्षित गर्दै स्मार्टफोनको अगाडि ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । जसबाट उत्कृष्ट सेल्फी फोटो खिच्न सकिन्छ । स्मार्टफोनको पछाडि ८ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।
उच्च क्षमता भएका क्यामेरा जडान गरिएको हुँदा स्मार्टफोनमा उत्कृष्ट फोटो तथा भिडियो कैद गर्न सकिने कम्पनीको दाबी छ । कम्पनीले स्मार्टफोन खरिद गर्ने ग्राहकलाई १६ जीबीको मेमोरी कार्ड र दुर्इ हजार रूपैयाँ बराबरको पावर ब्याङ्क निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4