+
+

भूकम्प पीडितका कार्ड वितरण थालियो

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २८ गते ७:१२

Ramechhap-Earthquake

२८ वैशाख, काठमाडौ । गएको वैशाख १२ गते आएको भूकम्पबाट मृत्यु भएका, भवनहरु पूर्णरुपमा भत्केका र आंशिकरुपमा क्षतिग्रस्त भएका संरचनाको क्षतिपूर्ति दिन राहत कार्डको ब्यवस्था गर्ने भएको छ ।

काठमाडौ जिल्ला प्रशासन कार्यलय र जिल्ला विकास समितिको संयोजनमा काठमाडौका १० वटा नयाँ नगरपालिकामा सो ब्यवस्था गर्न लागेको नेपाल समाचारपत्रमा खबर छ ।

आवश्यकताभन्दा अनावश्यक परिवारले विभिन्न निकायको दबाबमा राहत लैजान थालेको गुनासो बढ्न थालेपछि वास्तविक पीडित पहिचान गरी समानुपातिक रुपमा राहत उपलब्ध गराउने उद्देश्यले कार्डको ब्यवस्था गर्न लागिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए । उनले काठमाडौ महानगरपालिकालाई पनि ब्यवस्थितरुपमा राहत वितरण गराउन कार्ड उपलब्ध गर्न अनुरोध गर्ने बताए ।

तारकेश्वर नगरपालिकाले आफ्ना सवै वडामा वितरण सुरु गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत विजय सुवेदीले महाभूकम्पले क्षति भएका २१ वटै वडामा कार्डमार्फत राहत वितरण गर्ने जानकारी दिँदै केही वडामा सुरु गरिसकेको बताए ।
सो नगरपालिकाले मृतकको परिवारलाई राता, पूर्ण घर क्षति भएका परिवारलाई सुन्तला रंग र आंशिक घर क्षति भएको परिवारलाई पहेंलो कार्ड वितरण सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?