Comments Add Comment

बहुचर्चित माथिल्लो तामाकोशीको बाँध १७ इन्च भासियो

Tamakoshi-Hydropower३० वैशाख, काठमाडौं । भूकम्पका कारण दोलखामा रहेको बहुचर्चित ४५६ मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध १७ इन्च भासिएपछि निर्माणकार्य ठप्प भएको छ ।

सुरुङलगायतका अन्य संरचनामा क्षति नभए पनि ड्याममा भएको क्षति र श्रमिकहरु आतंकित भएपछि आयोजनाको निर्माणकार्य बन्द भएको दोलखाका पत्रकार दिलबहादुर केसीले जानकारी दिए ।

सो आयोजनाले आगामी केही महिनामा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको सर्वसाधारण निष्काा गर्दै थियो । सेयर लागनीमा चासो राख्ने अधिकांश लगानीकर्ताहरुले तामाकोशीको सेयरमा लगानी गर्न रकम जुटाएर बसेका थिए । भूकम्पको प्रभावका काराण आयोजनाको सेयर निष्काशन पनि प्रभाािवत हुने देखिएको छ ।

अधिकांस आयोजना बन्द

दोलखाका अधिकांस जलविद्युत आयोजनाहरु बन्द भएका छन । भूकम्पले क्षति पुर्‍याएपछि र श्रमिकहरु आतंकित भएपछि आयोजनाहरु बन्द भएका हुन ।
निर्माण भइरहेको ४० मेगावाटको खारेखोला १, ३० मेगावाटको खारेखोला २, १० मेगावाटको सिपि्रङ खोला, १९ मेगावाटको सिँगटी आयोजना ठप्प भएका छन ।

खिम्ती र चर्नावतीमा असर परेन

६० मेगावाटको खिम्ती र ३.५ मेगावाटको चर्नावती आयोजनामा भने भूकम्पको कूनै असर परेको छैन । दुुईवटै आयोजनाहरु सञ्चालन भइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment