+
+

प्रधानमन्त्री र राजदूत पेनासोबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ९ गते १५:१०

९ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालासँग भ्याटिकन सिटी (होली सी) का गैरआवासीय राजदूत साल्भाटोर पेनासोले शनिबार बिहान बालुवाटारमा भेटवार्ता गरेका छन् ।

Salvatore-Pennacchio-Koiral

भेटमा नेपालमा हालै आएको विनासकारी भूकम्पले पुर्‍याएको जनधनको क्षति, खोजी, उद्धार राहत र पुनस्थापनाका विषयमा कुराकानी भएको थियो ।

भेटमा राजदूत पेनासोले नेपालमा आएको विनासकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री कोइरालामार्फत नेपाली जनता र पीडित परिवारलाई पोपले सहानुभूति र समवेदना पठाएको बताएका थिए ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा ८२ बर्षपछि अकल्पनीय विपद् आएको र मित्रराष्ट्रहरुको सहयोगले यो प्रकोपको सामना गरिएको बताए । सीमित स्रोत र साधनका बाबजूद छोटो समयमा नेपालमा भएको खोजी, उद्धार र राहतका कार्यको विकसित मुलुकहरुबाट समेत प्रशंसा भएको उनले बताए ।

प्रधानमन्त्री कोइरालाले सरकारको ध्यान राहत र पुनःस्थापनामा केन्दि्रत भएको पनि जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?