+
+

हेपरले वितरण गरेका बाख्रा एक हप्ता नपुग्दै मरे

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३२ गते ८:१४

३२ जेठ अर्घाखाँची । जिल्लाको जुकेना गाविस वडा नम्बर १ धनचौरका स्थानियले सित्तैमा बाख्रा पाउदा उनीहरुमा खुसीको सिमा रहेन । हेफर इन्टरनेश्नल अन्र्तगत जनचेताना सरोकार मञ्च  नामको संस्थाले समुहमा आबद्ध भई बाख्रा पालनका लागि आवहान गरेपछि स्थानीयले सोही अनुसार हेफरको सहयोग लिएका थिए ।
goat
तर स्थानीयले बाख्रा पालनका लागि हेफरको सहयोग लिएर बाख्रा पालन गरौला, अनि मनग्य आम्दानी गरौला भन्ने सपनामा एक हप्ता नपुग्दै तुसारापात भएको छ । कारण हेफरले प्रदान गरेका रोगी बाख्रा मध्ये ५२ बाख्रा मरेका छन ।

‘घरमा भैँसी पालन गर्न छाडेर सहजै मनग्य आम्दानी गरौ भनेर बाख्रा पालनमा लागेका थियौ,’ अर्घाखाँचीको जुकेना गाविस १ निवासी श्रृजना नेपालीले भनिन, ‘मेरा ३ बाख्रा मर्नका लागि सिराना लागेका छन,मैलेे हेफरबाट ल्याएको बाख्राकै कारण देबरका ५ वटा बाख्रा मरे ।’

बाख्रा पालेर घर ब्याबहार चलाउने सपना देखेका जुकेना गाविसका स्थानीय अहिले टाउको समाउदै बस्न थालेका छन । अहिले देबर देवरानी बाख्रा मरेकै कारण घरमा छैनन् मरेको बाख्रा देखाउदै नेपालीले भनिन, ‘मरेका बाख्रा गाड्ने मानिस कोही पनि छैनन ।’

समाजको विकासमा टेवा पुर्‍याउने भन्दै धेरै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघ सस्था जन्मेका छन । समाजमा पछाडि परेको समुदायलाई अगाडि ल्याउन र सामाजिक सम्बृद्धि स्थापना गर्नका लागि सक्रिय संघ सस्थाहरुनै निमयबिपरित कार्य गरी कागजात मिलाउने कार्यमा तल्लिन रहेको पाईएको छ ।

जुकेनामा सञ्चालन गरिएको बाख्रा उपहार कार्यक्रम अन्र्तगत बितरण गरिएका बाख्रा एक हप्ता नबित्दै मरेपछि सो कुरा पुष्टी भएको छ । वितरण गरिएका बाख्राहरु  सिमलपानी, ढिकुरा, धनचौर लगायत स्थानीय गाविसबाट खरिद गर्न खरिद समितिलाई आग्रह गरेपनि दाङ्गबाट बाख्रा खरिद गरेको हेफर इन्टरनेश्नलका जुकेनाका कार्यक्रम संयोजक पदम भुसालले बताए ।

यता जिल्ला पशुसेवा कार्यलयका प्रमुख डा. रामनारायण मण्डलले भने पटक पटक लिखित रुपमै बाख्रा खरिद गर्दा जिल्ला पशुसेवा कार्यलयको एक जना कर्मचारी राख्न आग्रह गरेपनि वेवास्ता गरी बाख्रा खरिद गरेको बताए । दाङ्गबाट खरिद गरिएका भनिएका बाख्रा भारतबाट ल्याएको भन्ने सुन्नमा आएको मण्डलले बताए ।

त्यस्तै सोही गाविसमा कलाकार बाख्रा र्फमका सञ्चालन गर्दै आएका कृषक खुमराज घिमिरेले भने कमिसनको लोभमा बाख्रामा रोग भित्रिएको बताए । उनले भने-‘स्थानीय स्तरमा प्रशस्त बाख्रा हुँदा हुदै पनि कमिशनको खेलमा बाहिरबाट रोगी बाख्रा खरिद गर्दा समस्या उत्पन्न भएका हो ।’

कृषि विकास समितिका अध्यक्षसमेत रहेका स्थानीय विकास अधिकारी हरीप्रसाद ज्ञवालीले आफुले उक्त जानकारी पाएको भन्दै तत्काल  उपचारको व्यवस्था मिलाउन र मरि सकेका बाख्राको क्षतिपुर्ती दिन निर्देशन दिएको बताए ।

हेफरले सिद्धारामा सञ्चालन गरेको परियोजनामा भने यो समस्या नदेखिएको नेपाल चेतना विकास केन्द्र अन्र्तगतका कार्यक्रम संयोजक नेत्रप्रसाद मरासिनीले जानकारी दिए ।
नबिन केसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?