+
+

राष्ट्रपति सर्वोत्कृष्ट किसान पुरस्कार केरा व्यवसायी हमाललाई

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १३ गते १८:०९

१३ असार, काठमाडौं । सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार वितरण कैलालीका किसान कालु हमाललाई प्रदान गरिने भएको छ ।

Kalu-Hamalनगद दुई लाख राशिको सर्वोत्कृष्ट किसान पुरस्कार प्राप्त गर्ने पहिलो भाग्यशाली किसान हमाल केरा व्यवसायी हुन् ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि मन्त्रिपरिषद्बाट विसं २०७१ असार ४ गते लागूभएको एक वर्षपछि पुरस्कार वितरण गर्न लागिएको हो ।

नेपाल सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट वक्तव्यमा उत्कृष्ट कृषकलाई प्रोत्साहित गर्न राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिने छ, भनी उल्लेख थियो ।

आगामी वर्षमा निरन्तरता दिनका लागि कार्यविधि तयार गरी लागू गरिएको छ । राष्ट्रिय धान दिवस असार १५ मा कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले पुरस्कार वितरण गर्ने मन्त्रालय कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका प्रमुख सुनिल सिंहले बताए ।

त्यसैगरी,अलैंची व्यवसायी चन्द्रलाल तामाङ, बङ्गुरपालक किसान छयामबहादुर थापा, मत्स्यपालक कृषक छायादत्त भुसाल र पुष्प व्यवसायी प्रकाश पन्तलार्इ जनही एक लाख राशिको उत्कृष्ट किसान पुरस्कार प्रदान गरिने भएको छ ।

कृषि पेसालाई सम्मानित र व्यावसायिक बनाउने उद्देश्यले राष्ट्रपति किसान पुरस्कारको स्थापन गरिएको मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?