Comments Add Comment

महानगरले माग्यो दुई अर्ब ५० करोड बजेट

money३१ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकालेले आर्थिक वर्ष २०७२÷७३ का लागि करिब चार अर्ब रूपैयाँ बराबरको आय विवरण, योजना तथा कार्यक्रमसहितको बजेट पेस गरेको छ ।

जसमा विकास निर्माणका लागि  दुई अर्ब ५० करोड तथा चालु खर्चका लागि ७७ अर्ब बराबरको रकम विनियोजन गरेको महानगरपालिकाले जनाएको छ ।  बैठकले भूकम्पपीडित राजधानीवासीलाई कामपाले सङ्कलन गरेको दस्तुर शुल्कमा छुट दिने निर्णय बैठकले गरेको छ ।

त्यस्तै बैठकले भविष्यमा हुने भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै सहरका भित्री क्षेत्रमा खुल्ला क्षेत्र विकास गर्न सरकारको सहकार्यमा निजी भवन तथा जमीन खरिद गर्ने तथा सोको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

सूचना प्रविधिको उपयोगको माध्यमबाट महानगरका वडाका क्रियाकलापलाई नियमित अनुगमन गरी सेवाग्राहीमैत्री वातावरण निर्माण गर्ने लक्ष्य कामपाले राखेको छ ।

राजधानी सहरको विकासका लागि सञ्चालन गरिने योजनाको प्रभावकारिता प्रवद्र्धन गर्न सार्वजनिक निर्माण मापदण्ड २०७२ तर्जुमा गरी लागू गर्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी महानगरपालिका क्षेत्रको बसोबासलाई व्यवस्थित, सुरक्षित तथा मर्यादित बनाइने छ । साथै नागरिकलाई कर्तव्यपालनामा सघाउ पु¥याउन नागरिक आचारसंहिता बनाई लागू गर्ने निर्णय नगरपरिषद्को बैठकमा भएको छ ।

उपप्रधानमन्त्री तथा सङघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिँहले बैठकका निर्णय राम्रा भएपनि कार्यान्वयनका लागि चुनौतीपूर्ण रहेको बताउँदै घोषित कार्यक्रम कार्यान्वयन गरी सहरको विकासमा योगदान पुर्याउन आग्रह गरे ।

उहाँले यथाशीघ्र स्थानीय निर्वाचन गर्नुपर्नेमा जोड दिँदै सहरी विकासमा कामपाले चालेका कदमलाई सरकारले सघाउने प्रतिबद्धता गरे । भूकम्पपछि राजधानीको पुनःनिर्माणलाई बजेटमा प्राथमिकताका साथ राखिएको कामपाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment