+
+

एनएलजी इस्योरेन्सले १६ करोड कमायो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २ गते १२:३१
Nlg insurance२ भदाै, काठमाडौं । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७१/०७२ मा १६ करोड २४ लाख रुपैयाँ खुदा नाफा गरेको छ । यो अघिल्लो वर्षको भन्दा एक करोड रूपैयाँले कम हो ।
गत बैशाखमा अाएको भूकम्पका कारण परेको दावी भुक्तानी र भुक्तानी हुन नसकेको दावीको रकम प्रोजिन गर्दा कम्पनीको नाफा घटेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए ।
भूकम्पपछि मात्रै एनएलजीमा ६८ करोड रुपैयाँ बराबरको १२ सय ३३ वटा दावी परेका र ती मध्ये पाँचसय २६ दावी बराबरको १४ करोड रुपैयाँ भुक्तानी गरेको शाहले बताए । बैशाख २७ गते देखिनै कम्पनीले कम्पनीले दाबी भुक्तानी दिन थालेको उनले बताए । बैशाख १२ गते ७.८ रेक्टरस्केलको भूकम्प गतएको थियो ।
गत आर्थिक वर्षमा ९९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीको जगेडा कोषमा १४ करोड रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी ३४ करोड १५ लाख रुपैयाँ छ ।विभिन्न बैंकमा निक्षेप तथा सरकारी ऋणपत्रमा गरी एक अर्ब ५५ करोड रुपैयाँ लगानी रहेको छ ।

भूकम्पका दाबीमध्ये ४२ प्रतिशत भुक्तानी गरिसकेकाे शाहले बताए । सानो रकमको दाबी भुक्तानी भइसकेको र ठुलाे रकमको दावी भुक्तानी हुन बाँकी रहेको बताए । तर, ठूला दाबीमा अग्रिम भुक्तानी दिइरहेको उनले जानकारी दिए ।

बीमा कम्पनीहरु आफ्नो दायित्वप्रति जिम्मेवार रहेको भन्दै आफ्नै कोष र पुनर्बीमा कम्पनीबाट पैसा ल्याएर सकेसम्म छिटो भुक्तानी गर्ने पनि उनको भनाइ थियो । भूकम्पपछि परेको दावीको ५० प्रतिशत मात्रै सर्भेयर रिपोर्ट आएकाले भुक्तानीमा ढिलाई भएको उनले बताए ।

एनएलजी इन्स्योरेन्सले २९ शाखाबाट बीमा सेवा पुर्‍याउँदै आएको छ । ग्रामीण क्षेत्रमा बीमा सेवा विस्तार गरिरहेको कम्पनीले कृषि तथा पशुबीमालाई प्राथमिकतामा राखेको शाहले बताए । एनएलजीले विश्वका विभिन्न ६ पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?