+
+

बबरमहलमा डरलाग्दो दुर्घटना, ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३ गते १०:३५

३ भदौ, काठमाडौ । काठमाडौंको बबरमहलमा बुधवार राति फेरि डरलाग्दो दुर्घटना भएको छ । सडक चौडा पारेपछि बबरमहलमा यस्ता दुर्घटना हुँदै आएका छन् ।
Babarmahal-accident
बुधबार राति मिनीट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । तीनकुनेबाट माइतघरतर्फ गइरहेको बा ३ ख ६८३२ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आइरहेको बा ५६ प ४५२० नम्बरको स्कुटरलाईलाई ठक्कर दिँदा स्कटर चालक काभ्रे बल्थलीका ३५ वर्षीय ध्रुव केसीको मृत्यु भएको हो ।

आफ्नै साइडबाट आइरहेको स्कुटरलाई सडकबीचमा बनाइएको बार भत्काएर मिनी ट्रकले विपरीत लाइनमा गई ठक्कर दिएको थियो । ट्रकले च्यापिएका केसीलाई तत्कालै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो । केसीको अस्पताल पुग्नासाथ मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाह पथले जनाएको छ ।

तीब्रगतिमा आएको मिनी ट्रकले विपरित दिशामा मोडिएर स्कुटरलाई ठक्कर दिएपछि माइतीघरतिरबाट आएको बा १२ च ९२९३ नम्बरको कार पुनः ट्रकमा ठोक्किएको थियो । ट्रकको ठक्करबाट स्कुटर टुक्रा टुक्रा भएको थियो ।

उक्त घटनापछि प्रहरीले ठक्कर दिएको गाडी हटाउन खोज्दा मिनी ट्रकको गम्भीर लापरबाही भन्दै अन्य सवारी साधनका यात्रुहरूले केहीबेर गाडी हटाउन नदिएर झण्डै एक घण्टा अवरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?