+
+

हिन्दू राज्य माग्नेलाई अश्रुग्यास र पानीको फोहोरा (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १५ गते १६:४०

 

Hindubadi-Baneshor-Jhadap (5)

१५ भदौ, काठमाडौं । हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपाल, कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का, मुक्तिनाथका पिठाधिश कमलनयनाचार्य र सन्त बाबाहरुले चारैतिरबाट संविधानसभा घेराउ गरेका छन् ।

हिन्दुवादीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरी अश्रुग्यास र पानीको फोहोरा हानेको छ । यस क्रममा ढुंगामुढा समेत प्रहार भएको छ ।

सनातन हिन्दु राष्ट्र माग गर्दै राप्रपा नेपालले माइतीघरतिरबाट प्रदर्शन गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जम्मा भएका राप्रपा नेपालका कार्यकर्ता जुलुससहित आएर प्रदर्शन गरेका हुन् ।

Hindubadi-Baneshor-Jhadap (11)

उता कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्कासहितको टोली तीन कुनेतर्फबाट प्रदर्शन गर्दै बानेश्वर आएको थियो। खड्काको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरुले प्रहरीले सुरक्षा घेरा तोड्दै अघि बढेपछि झडप भएको हो ।

उत्तरतर्फबाट धर्मगुरु कमलनयनाचार्य र पूर्वतर्फबाट साधु बाबाहरुले प्रदर्शन गरेका छन् । कमलनयनाचार्य नेतृत्वको प्रदर्शनकारीले प्रहरीमाथि ढुंगापछि झडप भएको छ ।

प्रहरीले भने भिडलाई तितरवितर बनाउन अश्रुग्यासका साथै पानीको फोहोरा हानेका थिए । पानीको फोहोराले हिन्दू राज्य पक्षधरहरु सडकमा ढलेका थिए ।

Hindubadi-Baneshor-Jhadap (12)

Hindubadi-Baneshor-Jhadap (3)

Hindubadi-Baneshor-Jhadap (1) Hindubadi-Baneshor-Jhadap (2) Hindubadi-Baneshor-Jhadap (4)

भिडियो

Hindubadi-Baneshor-Jhadap (6)

 

Hindubadi-Baneshor-Jhadap (7) Hindubadi-Baneshor-Jhadap (8) Hindubadi-Baneshor-Jhadap (9) Hindubadi-Baneshor-Jhadap (10)

तस्वीरः विकास श्रेष्ठ र कविन अधिकारी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?